इन्द्रसरोवर गाउँपालिकामा कोभिड–१९ बिरुद्धको खोप आईतबारबाट लगाईने

हेटौंडा टुडे
२२ फाल्गुन २०७७, शनिबार २२:१९

हेटौंडा/ इन्द्रसरोवर गाउँपालिकामा कोभिड–१९ बिरुद्धको खोप अभियान अन्तर्गत अबको चरणमा वडा स्तरमा खोप लगाउने तयारी भएको छ । ६५ वर्ष माथिका जेष्ठ नागहरुलाई प्राथमिकता दिइ कोभिड १९ विरुद्धको खोप लगाइने गरि खोप कार्यक्रमको तालिका बनाएको स्वास्थ्य शाखाका संयोजक मन्नुनाथ अधिकारीले जानकारी दिए ।

यहि फाल्गुन २३ गतेदेखी गाउँपालिकाको ५ वटै वडाको प्राथमिक स्वास्थ्य केन्द्रहरुमा खोप केन्द्र रहने गरी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारबाट मान्यत प्राप्त कोभिशिल्ड भ्याक्सिन लगाउन लागिएको हो । यहि फागुन २३ गते वडा नं.१ मार्खुको मार्खु स्वास्थ्य चौकीमा, २४ गते वडा नं ३ सिस्नेरीको सिस्नेरी स्वास्थ्री चौकीमा, २५ गते वडा नं ४ फाखेलको फाखेल स्वास्थ्य चौकीमा, २६ गते वडा नं ५ फाखेलको चन्द्रगढी स्वास्थ्य चौकी चखेलमा र २७ गते वडा नं २ कुलेखानीको कुलेखानी स्वास्थ्य चौकी खानीखेतमा खोपकेन्द्र मार्फत खोप लगाउने तालिका रहेको छ । स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति भएको र गाउँपालिकामा मात्र खोप केन्द्र राख्दा जेष्ठ नागरिकहरुलाई पर्नजाने समस्यालाई मध्येनजर गर्दै ५ वटै वडाको स्वास्थ्य चौकीमा उपकेन्द्र बनाएर खोप लगाउने तयारी भएको गाउँपालिकाका प्रमुख जीवन लामाले बताए । खोपका लागि स्वास्थ्यकर्मीहरुले आवश्यक तालिम समेत लिइसकेका छन् । स्वास्थ्यकर्मी र सफाई कर्मचारीबाट सुरु भएको पहिलो चरणको खोप अभियान निजामति कर्मचारी हुँदै सरकारले अब जनस्तरमा लगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*