स्थानीयलाई राक्सिराङले दियाे सेक्युरियटी तालिम

टुडे संवादाता
२३ फाल्गुन २०७७, आईतवार १९:२७

हेटाैंडा/ गाउँबासीलाई राेजगार बनाउने उद्धेश्यले मकवानपुरकाे राक्सिराङ गाउँपालिकाले ‘अध्यक्ष राेजगार कार्यक्रम’ घाेषणा गर्दै विभिन्न तालिममार्फत राेजगार बनाउन सुरु गरेकाे छ ।

विभिन्न ७ प्रकारका तालिममार्फत राेजगारमा जाेड्ने उद्धेश्यबमाेजिम १६ जना युवालाई सेक्युरियटी गार्डकाे तालिम प्रदान गरिएकाे छ । गाउँपालिकाकाे आ याेजना तथा जी फाेर्स सेक्युरियटी प्रालिकाे प्राविधिक सहयाेगमा भएकाे ७ दिने तालिमकाे अाइतबार समापन गरिएकाे हाे । तालिम लिएकाहरुलाई जिफाेर्सले नै राेजगारीकाे ग्यारेन्टी लिएकाे छ ।

तालिम लिनेमा ४ जना महिला र १२ जना पुरुष रहेका छन् । तालिम लिएकाहरुलाई केही समयभित्रै विभिन्न निकायमा मागकाे अाधारमा सेक्युरियटी गार्डकाे रुपमा खटाइने जिफाेर्सका अप्रेशन अधिकृत प्रेमबहादुर अधिकारीले बताए । तालिम समापन कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँबासीलाई क्षमताअनुसार राेजगारमा जाेड्न आफूहरु लागिपरेकाे बताए ।

अध्यक्ष राेजगार कार्यक्रम अन्तर्गत यसअघि १६ जनालाई ड्राइभिङ तालिम दिइएकाे थियाे भने १० जनालाई हाेमस्टे तालिम प्रदान गरिएकाे थियाे । त्यसैगरी ३५ जनाले हाल १ महिने कम्प्युटर तालिम लिइरहेका छन् भने ब्यूटीसियन र इलेक्ट्रिसियन तालिम सञ्चालनकाे क्रममा रहेकाे गाउँपालिकाका लघु उद्यम विकास सहायक मानसिं घलानले जानकारी दिए । सेक्युरियटी तालिम समापन कार्यक्रममा तालिम प्रशिक्षक गाेकुल अधिकारी, लघु उद्मम विकास सहायक सावित्री माेक्तानलगायतकाे उपस्थिति रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*