हेटौंडा ५ बाट हराएको मोटरसाईकल हेटौंडा १० मा भेटियो

हेटौडा टुडे
२३ फाल्गुन २०७७, आईतवार १९:४३

हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले हराएको मोटरसाईकल फेलापारी सम्बन्धित धनिलाई बुझाएको छ ।पाँचथर मिक्लाजोङ गाउँपालिका वडा नम्बर १ वस्ने प्रकास चन्द्र बस्नेतले लोकसेवाको परिक्षा दिनको लागी हेटौंडा आएकोमा बेला गत फागुन २० गते राती  मोटरसाईकल हराएको मकवानपुर प्रहरीले जनाएको छ ।

बस्नेतले हेटौंडा ५ पिप्ले स्थित सडक किनारामा पार्किङ गरी राखेको को ३० प १७९ नम्बरको मोटरसाईकल हराएको थियो ।प्रहरीले मोटरसाईकल खोजतलाश गर्ने क्रममा शुक्रवार हेटौंडा १० स्थित भुटनदेवीमा फेला पारी सम्बन्धित धनिलाई बुझाएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*