हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न ठाउबाट हराएका २२ थान मोवाईल फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ ।
बिभिन्न कम्पनिका मोबाईलहरु १२ हजार रुपैंयादेखि ५५ हजार रुपैंयासम्म पर्ने अन्दाजी ४ लाख ४० हजार रुपैंया बराबरको मोबाइल प्रहरीले खोजतलास गरी फेला पारेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
हराएको मोबाईल फेला पारिदिएकोमा मोबाइलधनीले प्रहरी खुसी हुदै धन्यवाद दिएका थिए साथै प्रहरिको कार्य प्रति थप बिश्वसनियता भएको मोबाइलधनीहरुले बताएका छन ।
सेयर गर्नुहोस्






















