फागुन २७ देखी शुरु हुने स्थानीय तह शहिद स्मृति गोल्डकपको सम्पूर्ण तयारी पूरा

कार्यक्रम कलाकार सिताराम कट्टेल (धुर्मस) र कुन्जना घिमीरे (सुन्तली) ले उद्घाटन् गर्ने
हेटौडा टुडे
२४ फाल्गुन २०७७, सोमबार १६:२१

हेटौडा । हेटौडा । स्थानीय तह शहिद स्मृति गोल्डकप तेस्रो संस्करण २०७७ अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सोमबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको छ ।

यहि फागुन २७ गतेदेखि हेटौडा–१० स्थित फरेष्ट्री खेलमैदानमा हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रिगल हेटौडा रिसोर्ट मकवानपुर–११ र नव जनजागृति युवा क्लब, सिमरा भिड्ने छन् ।

कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिए । आयोजकले जानकारि गराए अनुसार खेलको कलाकार सिताराम कट्टेल  [धुर्मस] र कुन्जना घिमीरे [सुन्तली] ले उद्घाटन् गर्ने तयारी गरिएको हो ।

त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद हात पार्नेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुले जनही २५–२५ हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई पनि १० हजार पुरस्कारको व्यवस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले बताए ।

प्रतियोगितामा लिग च्याम्पियन मच्छिन्द्र सहित ६ ए डिभिजन क्लबहरुले सहभागिता जनाउँदै छन् । त्यस्तै एक विदेशी, एक आयोजक र दुई मोफसलका टोलीहरुले सहभागिता जनाउने संयोजक बिष्टले बताए । प्रतियोगिताको फाइनल खेल चैत ७ गतेका दिन हुनेछ । फागुन २७ बाट चैत्र ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नंम्बर–१० मा रहेको बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*