
हेटौंडा । जिल्ला अदालत मकवानपुरले यस आर्थिक बर्ष २०७७ र ०७८ को फागुन २४ गते सम्म ८४५ वटा मुद्दाको फैसला गरेको छ । मङ्गगलबार जिल्ला अदालत मकवानपुरमा पत्रकारसङ्ग भेटघाट कार्यक्रमको आयोजना गरि जिल्ला अदालत मकवानपुरले गरेका काम कार्वाहीका बारेमा जानकारी दिइएको हो । गत आर्थिक बर्ष २०७६ र ०७७ बाट जिम्मेवारि सरेर आएका ९१४ वटा मुद्दा सहित यस आर्थिक बर्ष २०७७ र ०७८ मा दर्ता भएका एक हजार एक वटा मुद्दा सहित जम्मा १९२५ मुद्दा मध्ये यस बर्षको फागुन २४ सम्म ८४५ मुद्दाको फैसला भैसकेको छ भने १०४० वटा मुद्दा फैसलाको चरणमा गैसकेको जिल्ला अदालत मकवानपुरका सुचना अधिकारी श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिनुभयो । जिल्ला अदालत मकवानपुरमा २ बर्ष नाघेका ४ वटा मुद्दा रहेका छन भने १८ महिना देखि २ बर्ष सम्मका ६६ वटा मुद्दा रहेका छन । यस्तै एक बर्ष देखि १८ महिना सम्मका १ सय ४५ वटा मुद्दा फैसला हुन बाकी रकेको श्रेस्तेदार भट्टराईले बताउनु भयो । यस्तै जिल्ला अदालत मकवानपुरको सुबिधा सम्पन नयाँ भवन निर्माणको काम समेत सुरु भाइसकेको जिल्ला अदालत मकवानपुरले जनाएको छ । सर्वोच्च अदालको १८ करोड १२ लाख १३ हजारको लागतमा कबिन्द्र नव श्रीजनशिल स्लेट जेभीले निर्माणको जिम्मा पाएको छ । २०७७ माघ २२ गते निर्माण सम्झौता गरिएको हो भने सम्झौता मितिले ३० महिनामा निर्माण सम्पन्न गरिने छ ।

