सुकौराको बागेश्वरी विद्यालयलाई ट्रयाक सुट तथा शैेक्षिक सामग्री सहयोग

हेटौंडा टुडे
२६ फाल्गुन २०७७, बुधबार २१:४५

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको बागेश्वरी आधारभुत विद्यालयलाई ट्रयाक सुट तथा शैेक्षिक सामग्री सहयोग गरिएको छ । विद्यालयमा अध्ययन गर्ने २४ जना विद्यार्थीलाई ट्रयाक सुट , जुत्ता तथा शैक्षिक सामग्री वितरण गरिएको हो । बुधबार सञ्चारकर्मी अमर लामा र अभियन्ता सञ्जय लोप्चन विद्यालयमा पुगेर सामग्री वितरण गरिएको हो । विदेशी नागरिक मार्कुस बेलिङ्गर , रोमाना बेलिङ्गर र नेपाली नागरिक कैलाश पौडेलको सहयोगमा विद्यार्थीलाई सामग्री वितरण गरिएको सञ्चारकर्मी लामाले बताए । जर्मनीबाट जल्मा स्याङ्तानको नेतृत्वमा विदेशी नागरिकहरुले गरिब तथा विपन्न नेपाली बिद्यार्थीहरुलाई पढ्नमा कही सहज होस भन्ने हेतुले सहयोग गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक ईन्द्र बहादुर बस्नेत , अभिभावक र अन्य शिक्षकहरुको उपस्थितिमा सामग्री वितरण गरिएको हो । यसअघि सञ्चारकर्मी लामाको नेतृत्वमा २ वटा विद्यालयमा सहयोग गरिसकेका छन् । केही दिनपछि मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ७ मा रहेको विद्यालयमा सामग्री वितरण गरिने लामाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*