हेटौंडा । स्थानीय तह शहिद स्मृति अन्तरास्ट्रिय गोल्डकप तेस्रो संस्करण २०७७ प्रतियोगितामा आयोजक टोलि रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ ले बिजय सुरुवात गएको छ ।
बिहिबार हेटौंडा -१० फरेस्ट्री खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक टोलि रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ ले ४ -१ गोल अन्तरले नव जन जागृती युवा क्लब सिमरा लाई पराजित गरेको हो । रिगल हेटौंडा रिसोर्ट मकवानपुर- ११ को तर्फबाट जर्सी नम्बर १० का खेलाडी बिमल रानाले खेलको २८ औ मिनेटमा पहिलो गोल र ६६ औ मिनेटमा तेस्रो गोल गरेका थिए । यस्तै नव जन जागृती युवा क्लबका जर्सी नम्बर ९ का खेलाडी मोहित गुरुङ्गले खेलको २५ औ मिनेटमा १ गोल गरेका थिए । रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ को तर्फ बाट जर्सी नम्बर ९ का रन्जन बिस्टले खेलको ५७ औ मिनेटमा दोस्रो गोल गरेका थिए भने मकवानपुर ११ कै जर्सी नम्बर ७ का खेलाडी अमिर श्रेष्ठले खेलको ७७ औ मिनेटमा चौथो गोल गरेका थिए । घरेलु टोलि रिगल हेटौंडा रिसोर्ट मकवानपुर -११ का जर्सी नम्बर १० का खेलाडी बिमल राना प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए ।कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछन ।भने उपविजेताले ५ लाख प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिए ।
त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद हात पार्नेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुले जनही २५–२५ हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार पुरस्कारको व्यवस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले बताए ।
प्रतियोगितामा लिग च्याम्पियन मच्छिन्द्र सहित ६ ए डिभिजन क्लबहरुले सहभागिता जनाएका छन् । त्यस्तै एक विदेशी, एक आयोजक र दुई मोफसलका टोलीहरुले सहभागिता जनाएका छ्न । प्रतियोगिताको फाइनल खेल चैत ७ गतेका दिन हुने आयोजकले जनाएको छ ।