१३ जना भारतिय नागरीकलाई स्वदेश फिर्ता लगिदै

हेटौडा टुडे
२८ फाल्गुन २०७७, शुक्रबार १२:१३

हेटौंडा । मानवसेवा आश्रमले १३ जना भारतीय नागरिकलाई उनीहरुको परिवारमा पुनर्मिलन गराउने भएको छ ।
आश्रमको केन्द्रीय कार्यालय हेटौंडामा आश्रित १३ भारतीय नागरिकको परिवार सम्पर्कमा आइसकेको आश्रमका अभियन्ता होमनाथ पौडेलले बताउनुभयो ।गएको ५ वर्षयता उद्धार गरिएको १३ जना भारतीय नागरिकहरुलाई आश्रमले उनीहरुको घरमै लगेर पारिवारिक पुनर्मिलन गराइदिने भएको हो । यही फागनु २६ गते उनीहरुलाई भारत लैजाने तयारी छ । भारतका जोधन निषाद, मुन्ना आलम, रोटा होजा, मोजाहिर मोहम्मद, हीराकान्त झा, अनिलकुमार मारदल, रोयकुमार यादव, गौतमकुमार शमा, बेल शर्मा, जितेन गुप्ता, अकबर हुसेन, विजय कुमार र महेशकुमार यादवको पारिवारिक पुनर्मिलन गराइने आश्रमले बताएको छ । यसअघि मानवसेवा आश्रमले भारतका एकसय जना र बङ्गलादेशका ५ जनालाई नेपालबाट उद्धार गरेर पारिवारिक पुनर्मिलन गराइसकेको छ । आश्रमको अभियन्ता पौडेलका अनुसार अहिले देशभरका २१ शाखामा १ हजार ६ सय ६० जना आश्रितहरु छन् । जसमध्ये अधिकांश भारतीय छन् भने चीनका १ जना रहेका छन् । आश्रमले १ हजार ३ सय ५० जनाको पारिवारिक पुनर्मिलन गराइसकेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*