आज हेटौंडामा ए डिभिजनका दुई क्लब बिच खेल हुदै

हेटौंडा टुडे
२८ फाल्गुन २०७७, शुक्रबार १२:३२

हेटौंडा। हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय प्रतियोगिताको तेस्रो संस्करण अन्र्तगत आज नेपाल आर्मी क्लब र जावालाखेल युथ क्लब,काठमाण्डौ बिच खेल हुने छ ।
आज दिउसो २ बजे हेटौंडाको फरेष्ट्रि खेलमैदानमा नेपाल आर्मी क्लब र जावालाखेल युथ क्लब,काठमाण्डौ बिच खेल हुने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ । बिहिबारबाट सुरु भएको उद्घाटन खेलमा आयोजक टोली मकवानपुर–११ ले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा मकवानपुर–११ ले नवजनजागृती युवा क्लब सिमरालाई ४–१ गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । नकआउटका आधारमा हुने प्रतियोगिता चैत ७ गते सम्म चल्नेछ भने प्रतियोगितामा १० टोलिको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ ।त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोउत्कृष्ट हुने खेलाडीले बुलेट बाईक,नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*