कृषि पेशालाई तल्लो दर्जाको काम रुपमा हेर्ने दृष्टिकोणको अन्त्य हुनुपर्ने: मन्त्री दावा दोर्जे लामा                      

हेटौंडा टुडे
२९ फाल्गुन २०७७, शनिबार १४:२०

हेटौडा । बागमती प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषि पेशालाई तल्लो दर्जाको काम रुपमा हेर्ने दृष्टिकोणको अन्त्य हुनुपर्ने बताउनु भएको छ ।                                          शनिबार मकवानपुर गढी गाउँपालिका वडा नम्बर ३ स्थित अप्सरा बहुदेश्यिय कृषि तथा पशु फार्मको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रीलामाले कृषि कर्मलाई अन्य कामको तुलनामा तल्लो स्तरमा हेरिने गरेको बताउदै उक्त प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रको बिकास गर्दै स्वेदेशमै रोजगारी सृजना गर्न तिनै तहको सरकारले सहयोग गरेको बताउनुभयो । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रानडाडामा चितवनका श्रीराम रेग्मिले २१ रोपनी जग्गा भाडामा लिएर ४५ लाखको लगानिमा कृषि तथा पशु फार्म संचालन गरेका छ्न । कृषि तथा पशु फार्ममा बाख्रा ,गाई भैंसी ,कुखुरा टर्की पालन गरिएको छ । वैदेशिक रोजगार बाट फर्केका रेग्मिले नेपालमै स्वरोजगार बन्न कृषि पशुपालनमा आबद्ध भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*