
हेटौंडा ।उ? स्थानीय तह शहिद स्मृति अन्तरास्ट्रिय गोल्डकप तेस्रो संस्करण २०७७ प्रतियोगिताको तेस्रो दिनको खेलमा संकटा क्लब काठमाडौ बिजयी भएको छ । शनिबार हेटौंडा -१० फरेस्ट्री खेल मैदानमा भएको खेलमा संकटा क्लब काठमाडौले १-० गोल अन्तरले बिभागिय टोलि नेपाल पुलिस क्लबलाई पराजित गरेको हो । संकटा क्लबको तर्फबाट जर्सी नम्बर २१ का खेलाडीको लेहो कालेफ ले एक गोल गरेका थिए ।
संकटा क्लब काठमाडौका जर्सी नम्बर ८ का खेलाडी नितिन थापा प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए । कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछन ।भने उपविजेताले ५ लाख प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिए ।
यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद हात पार्नेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुले जनही २५–२५ हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार पुरस्कारको व्यवस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले बताए ।प्रतियोगितामा लिग च्याम्पियन मच्छिन्द्र सहित ६ वटा ए डिभिजन क्लबहरुले सहभागिता जनाएका छन् । त्यस्तै एक विदेशी, एक आयोजक र दुई मोफसलका टोलीहरुले सहभागिता जनाएका छ्न । प्रतियोगिताको फाइनल खेल चैत ७ गतेका दिन हुने आयोजकले जनाएको छ ।

