चौथो बागमती गोल्डकप -२०७७ चैत्र १३ देखि ,साबिक बिजेता जाउलाखेल सहित ए डिभिजनका ५ क्लबको सहभागीता

टुडे संवादाता
१ चैत्र २०७७, आईतवार १२:५९

हेटौंडा/पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता -२०७७ हुने भएको छ । आईतवार पत्रकार सम्मेलन गर्दै चैत्र १३ गते देखि २२ गतेसम्म प्रतियोगिता हुने आयोजक बागमती गाउँपालिका खेलकुद बिकास समितिले जनाएको छ ।

अखिल नेपाल फुटबल संघको मोफसल प्रतियोगिताको तालिका अनुसार गोल्डकप प्रतियोगिताको आयोजना गरिएको बागमती गाउँपालिका खेलकुद बिकास समितिका अध्यक्ष भिम बहादुर राईले जानकारी दिनुभयो ।

बागमती गाउँपालिकाको सान युवा खेलाडी उत्पादन , सम्मान , सदभाव ,शान्ति र समृद्धि हाम्रो अभियान भन्ने मुल नाराका साथ गोल्डकप प्रतियोगिताको आयोजना गरिएको बागमती गाउँपालिका खेलकुद बिकास समितीका अध्यक्ष राईले बताउनुभयो ।

बागमती गाउँपालिका वडा नम्बर ८ स्थित जनता माबिको खेलमैदानमा हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा बागमती गाउँपालिका रहेको छ ।

प्रतियोगितामा साबिक बिजेता जाउलाखेल युवा कल्ब सहित ए डिभिजनका फुटबल क्लबहरु च्यासल युवा क्लब , संकटा युवा क्लब , मछिन्द्र कल्ब र थ्री स्टार युवा क्लबको सहभागीता रहने छ ।

यस्तै प्रतियोगितामा नव जन जागृती युवा क्लब सिमरा ,बागमती युवा क्लब सर्लाही , हेटौंडा -११ कल्ब ,बि वाई सि क्लब भरतपुर चितवन र आयोजक बागमती खेलकुद बिकास समितीले प्रतियोगितामा सहभागीता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागीताकालागी बिभागिय टोलि ए पि एफ क्लब र नेपाल पुलिस क्लब लाई समेत पत्राचार गरिएको आयोजकले जनाएको छ ।प्रतियोगिताको उपाधी बिजेताले नगद ८ लाख रुपैयाँ हात पार्नेछन ।भने उपाधी उप बिजेताले नगद ४ लाख रुपैयाँ हात पार्नेछन।

यस्तै सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार ,बिधागत उत्कृष्ट खेलाडीले नगद १० हजार र म्यान अफ द म्याच खेलाडीले नगद ५ हजार हातपार्ने आयोजकले जनाएको छ ।प्रतियोगितामा करिब ७८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*