
हेटौंडा/हेटौंडाको राप्ती खोलामा आईतवार (आज) एक पुरुषको शव फेला परेको छ ।शव हेटौंडा ११ थानाभर्याङका अन्दाजी २४/ २५ वर्षिय अर्जुन बुढाथोकी को रहेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरी तथा प्रत्यक्ष दर्शिका अनुसार शवको प्रकृती हेर्दा शव पुलबाट आफैं झरेको वा अरु कसैले झारेको हुन सक्ने अनुमान गरिएको छ ।
बुढाथोकीको शव राप्ती पुल मुनि खोलाको किनारमा बझारीएको अवास्थामा शव थियो ।
हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको टोली पुगेर अनुसन्धान थालेको छ ।


सेयर गर्नुहोस्