कृषकहरुलाई थप उद्यमशिलता बनाउन एक हप्ते अध्ययन अवलोकन भ्रमण

टुडे संवादाता
२ चैत्र २०७७, सोमबार १६:२३

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित कर्रामा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले अगुवा कृषकहरुलाई ७ दिने अध्ययन अवलोकन भ्रमण गराएको छ । कृषकहरुलाई थप उद्यमशिलता बनाउन गत फागुन २४ गते देखि २९ गते सम्म जिल्लाकै अगुवा कृषकहरुलाई भ्रमण गराएको हो ।

भेटेनरी अस्पतालका पशु विकास अधिकृत डा. धुब्र डीसीको संयोजकत्वमा गरिएको भ्रमणमा गोर्खाको च्याम्लिङ्गमा रहेको व्यवसायीक गाई फार्म ,तनहुँ स्थित बन्दीपुरमा रहेको बाख्रा अनुसन्धान केन्द्र त्यस्तै पोखराको बेगनासमा रहेको माछा अनुसन्धान केन्द्र , पिग पार्क र चितवन स्थित रामपुरमा रहेको नेपाल कृषि अनुसन्धान परिषदको गाई अनुसन्धान कार्यक्रमको भ्रमण गरीएको थियो ।

भ्रमण पश्चात भएको भ्रमणको समिक्षा कार्यक्रममा कृषि पेशा निर्वाहमुखि मात्र नभई व्यवसायीक हुनुपर्दछ । यस भ्रमणले नयाँ प्रविधिकाको अध्ययन अवलोकन गरी आफूले गर्दै आएको व्यवसाय अझै उपलब्धि मुलक हुने र कृषिमा बढिरहेको पर निर्भरतालाई हटाई आत्मानिर्भर हुन सहयोग पुग्ने पशु विकास अधिकृत डा. डीसीले बताउनु भयो ।

‘समय र स्थान अनुसार प्रविधि फरक फरक हुने गर्दछन् । भ्रमणले नयाँ ठाउँमा पुगी नयाँ प्रविधि जोश र उपलब्धि सँगै आफू जस्तै किसानहरुलाई भेट्न पाउँदा गौरब महशुस भएको छ ।’ मकवानपुरगढी गाउँपालिकाका गाईपालक किसान नरेन्द्र लम्सालले बताउनुभयो ।

त्यस्तै अर्का किसान भिजन अफ मकवानपुर एग्रीकल्चर प्रालिका व्यवस्थापक रमेश डीसीले भ्रमण पश्चात आफूले धेरै उपलब्धि हाँसिल गरेको बताउनुभएको छ । बंगुर पालन गर्न खोजिरहँदा बंगुर पालन सम्बन्धि जानकरीहरु पाउँदा आफूले निकै उपलब्धि हाँसिल गरेको उहाँले बताउनु भयो ।

हेटौंडा १२ पदमपोखरीका अगुवा किसान प्रेन्जु लामाले भ्रमण निकै फलदायी रहेको बताउनुभएको छ । सदैव काममा ब्यस्त रहेने हामी किसानहरुलाई समय समयमा यस्ता अध्ययन अवलोकन भ्रमणले व्यवसाय प्रति अझै लगाव बढ्ने र आर्थिक समृद्धिमा टेवा पुग्ने उहाँले बताउनु भयो ।
त्यस्तै भैंसी पालक किसान समता खड्का आफूले गर्दै आएको व्यवसायबाट उपलब्धि हाँसिल गर्न नसक्दा व्यवसायनै परिवर्तन गर्न खोजिरहाँदा अध्ययन अवलोकन भ्रमणले  धेरै कुरा सिक्ने अवसर मिलेको र पुरानै पेशालाई निरन्तरता दिने बताईन् । ‘गोठलाई सुधार गरी अझै अरु भैंसी थप्न रहर जागेको छ । ’उनिले भनिन् ।

त्यस्तै कैलाश गाउँपालिकाका अगुवा किसान कमान सिं घलान भ्रमणले आफूलाई अझै परिपक्क बनाएको , धेरै कुरा सिक्ने अवसर मिलेको र ज्ञान हाँसिल गर्न पाउँदा आफू निकै खुसि भएको बताउनु भएको छ । घलान आर्थिक अभावका कारण साना साना खोर बनाएर बाख्रा, कुखुरा पाल्दै आएका थिए । बाख्राको खोर बनाउन नजान्दा युटुबको साहारा लिनु परेको  बताउँछन् । ‘भ्रमणबाट अगुवा कृषकहरुले बनाएका खोरहरु प्रत्यक्ष हेर्न पाउँदा काम गर्ने हौसला मिलेको छ’ उनले भने ।

त्यस्तै मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहानगरका अगुवा किसान गुप्त सिं ठकुरी हामी किसानहरुलाई यस भ्रमणले धेरै कुरा सिक्ने अवसर मिलेको बताउनु भएको छ ।

भ्रमण टोली तनहुँमा रहेको मोडेल डेरि फर्मका काशिनाथ भट्टराई ,गोर्खा च्याम्लिङमा रहेको कामधेनु गाई फार्मका राजेन्द्र राज पन्त, बन्दिपुरमा रहेको बाख्रा अनुसन्धान केन्द्रका दिपक अधिकारी, पोखरा बेगनासमा रहेको माछा अनुसन्धान केन्द्रका वरिष्ठ चिकित्सक बेचनप्रपाद यादव , कास्कीको सामूहीक पिग पार्कका सचिव मोहन थापा ,राष्ट्रिय कृषि अनुसन्धान परिषद राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनका प्रविधिक प्रतिक हमाल सँग अन्तरक्रिया गरिएको थियो ।

अध्ययन अवलोकन भ्रमणमा १८ जना कृषक लगाएत भेटेनरी अस्पतालका तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका वीर बहादुर खत्री , डा. धुब्र डीसी , छैठौं अधिकृत बिनिता सिंह सहायक स्तर पाँचौ प्रदीप सापकोटाको सहभागीता रहेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*