स्थानियहरुले बुझाए गाउँपालिकालाई ज्ञापन पत्र

टुडे संवादाता
२०७७ चैत्र २, सोमबार २०:१६ गते

हेटौंडा/मकवानपुरगढी गाउँपालकाका स्थानियहरुले शिवम् सिमेन्ट उद्योगले दुख दिएको भन्दै सोमवार (आज) गाउँपालिका अध्यक्ष विदुर हुमाँगाईलाई ज्ञापन पत्र बुझाएका छन् । स्थानियहरुले आफ्नो ११ बुँदे माग सहित गाउँपालिकालाई ज्ञापन पत्र बुझाएका हुन् ।

गढी गाउँपालिका वडा नम्बर ७ र ८ मा रहेको शिवम् सिमेन्टको खानिले तल रहेका बस्तीहरु वडा नम्बर २ ,३ ,५ र ६ मा रहेका उत्पादनशिल भुमि ,मोटर बाटो ,चरीचरण क्षेत्र , खानेपानी मुहान ,विद्यायालय , सिंचाई नहर , स्वास्थ्य केन्द्र ,मठ मन्दिर लगाएत तरकारी संकलन केन्द्र हरुमा प्रत्यक्ष प्रभाव परेको भन्दै स्थानियहरुले गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् ।

अब्यवस्थित खानिले गर्दा वडा नम्बर २,३,६,७ र ८ अति जोखिम क्षेत्र अन्तगत पर्दछन् । संविधानमा ब्यवस्था भएको मैलिक हक सम्बन्धि भाग ३ धार १६ मा रहेको सम्मानपूर्वक बाँच्न पाउने हक आफूहरुले कहिल्यै महशुस गर्न नपाएको स्थानियहरु बताउछन् ।

स्थानियहरु भन्छन् ‘न त मैलिक हक नै उपभोग गर्न पाईयो न त स्वच्छ वातावरण मा नै बाँच्न पाईयो । ’

शिवम् सिमेन्टको ज्यादती स्थानियहरुले अझै कति गुहार्नु पर्ला सारोकारवाला निकाय सँग ?

स्थानियहरुले ज्ञापन पत्र बुझाएको १० दिन भित्र समस्याको समाधानको कुनै पहल नभए शिवम् सिमेन्टको खानि क्षेत्र पूर्ण रुपमा बन्द गरी गाउँपालिका लगाएत जिल्ला समन्वय समिती घेराउ गरी धर्ना दिने बताएका छन् ।

यसअघि पनि स्थानिहरुले पटकपटक सरोकारवाला निकायहरुसँग हारगुहार मागिरहदाँ पनि हालै सम्म स्थानियको समस्याको समाधान हुन सकेको छैन् ।

केही महिना अघिमात्र हेटौंडा टुडे डटकम लगाएत हेटौंडाका विभिन्न संचार माध्यमहरुमा शिवम् सिमेन्टको विषयलाई लिएर समाचार प्रकाशन भयो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सहितको टोली खानी क्षेत्रको अवलोकन गर्न पुगे तर समस्याले निकासको बाटो पाएन् ।

स्थानियले समस्याको समाधान गर्न पटक पटक जनप्रतिधि ,प्रहरी प्रशासनलाई अनुरोध गर्दा पनि आफूहरुको समस्याको समाधान नभएको उनीहरुले गुनासो छ । स्थानियहरु आन्दोलनमा उत्रिएपछि शिवम् सिमेन्टले समस्याको समाधान गर्न ठूला शक्ति केन्द्रहरुलाई रिजाउने गरेका छन् । सर्व साधारणको समस्यालाई उद्योगले बेवास्था गरीरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*