सुन चोर्ने बकैयाका २ युवक पक्राउ

टुडे संवादाता
३ चैत्र २०७७, मंगलवार १९:०१

हेटौंडा/मकवानपुर प्रहरीले सुन चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बकैया गाउँपालिका वडा नम्बर ३ का १९ वर्षिय दिपेश बिक र सोही गाउँपालिका वडा नम्बर २ का २० वर्षिय गणेश बहादुर स्याङतान रहेका मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिक र स्याङतानले गत माघ २३ गते राती बकैया ३ हात्तीसुडेमा रहेको न्यु सुन चाँदी पसलबाट सुनका गरगहना र नगद चोरी गरेका थिए ।

प्रहरी चौकी हात्तीसुँडेबाट खटिएको प्रहरी टोलीले आईतवार चोरी भएको सुनका गरगहना मध्य सुनको माईली तिलहरी सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*