सिन्धुलीमा जिप दुर्घटना,४ जनाको मृत्यु

टुडे संवादाता
३ चैत्र २०७७, मंगलवार १९:१५

हेटौंडा टुडे/सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ७ जना घाइते भएका छन् ।

सिन्धुली सदरमुकामबाट कमलामाई नगरपालिका-७ बाँसकटेरी गइरहेको बा १७ च १११७ जिप घुम्ती मोडमा दुर्घटना हुँदा कमलामाई-७का ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रिता यसमाली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनको २ वर्षका छोरा मनिष श्रेष्ठको मृत्यु भएको हो ।

घाइते ७ जनामध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि धुलिखेल अस्पताल रिफर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*