१० किलो गाँजा सहित राक्सिराङका २ जना पक्राउ ।

टुडे संवादाता
५ चैत्र २०७७, बिहीबार ११:१८

हेटौंडा/जिल्ला प्रहरी कार्यलय मकवानपुरले १० किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउपालिका वडा नम्बर ३ बस्ने बर्ष ६२ को जित बहादुर मोक्तान र सोही ठाउँ बस्ने २५ वर्षियको सुपराज मोक्तान रहेका छन् ।

बुधवार बिहान प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको प्रहरी गस्ती टोलीले राक्सिराङ ५ चैनपुर स्थित खोलाको बगरमा शंकास्पद रुपमा झोला बिकी हिडिरहेको बेला झोला चेकजाँच गर्दा उनीहरुको साथबाट १० किलो लागुऔषध गाँजा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
बरामद गरीएको १० किलो लागुऔषध गाँजा सहित लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*