धादिङमा ट्रक दुर्घटना ,चालकको ज्यान गयो

टुडे संवादाता
५ चैत्र २०७७, बिहीबार १२:०१

धादिङ/पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्ला धुनिवेशि नगरपालिका वडा नं ८ महेलधारामा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

मुग्लिन तर्फबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख ०४१६ नम्बरको ट्रकले रोकिराखेको ना७ख ७३७६ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा आफ्नै ट्रकले किचेर इटहरी ५ घर भएका लल्खुकुमार खवारको घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक रुपा थापाले बताउनुभयो ।

थापाका अनुसार इलोक्टिक खराबको कारण ट्रक सुचारू (स्टाट) नभएपछि खवारले ट्रकमुनि पसेर बनाउँदै थिए । सहचालक सुरज कार्की भने मिस्त्री बोलाउन गएको थापाले जानकारी दिनुभयो । यसबारे थप अनुसन्धान भइको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*