अनलाईन पत्रकारिता तालिम आजबाट सुरु, एघार जिल्लाका संचारकर्मी सहभागि

हेटौंडा टुडे
२०७७ चैत्र ५, बिहीबार १२:२४ गते

सन्चार रजिस्ट्रार कार्यलय बागमती प्रदेश हेटौंडाको समन्वय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आयोजनामा मल्टिमिडिया तथा अनलाईन पत्रकारिता सम्बन्धि ५ दिने तालिम  बिहिबार (आज)बाट होटलगढी भ्यु एन्ड रिसोर्टमा सुरु भएको छ

बागमती प्रदेशका एघार जिल्लाका  २० जना सन्चार्कर्मिहरुको कार्यक्रममा सहभागिता रहेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब मदन भुजेलको सभा अध्यक्षता भएको उदघाटन कार्यक्रमा बगमती प्रदेश प्रमुख सचिब मान बहादुर बि क प्रमुख आतिथ्यतामा भएको थियो ।कार्यक्रममा पत्रकार माहासङ बागमती प्रदेसका अध्यक्ष प्रताप विष्ट , संचार रजिस्ट्रार रेबती सपकोटा लगाएतकाको उपास्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती मुख्य सचिब मानबहादुर बिकले पत्रकारिताको माध्यमबाट समाजलाई सु-सुचित गराइदै बजारमुखी पत्रकारिता भन्दा पनि खोजमुलक र कुना कन्दरामा लुकेका समाचारहरुले प्राथमिकता नपाएको र आगामी दिनमा यस्ता लुकेका समाचारहरुनै प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै पत्रकार माहसंघ बागमती प्रदेश अध्यक्ष प्रताब बिस्टले पत्रकारहरु भनेको जमेको पानी जस्तो नभैइ बगेको पानी जस्तै भएकाले आफुहरु पनि समय अनुसार परिमार्जन र परिकृत बन्दै जानुपर्ने कुरामा जोड दिनु भयो । बिस्ट्ले अहिलेको समया अनलाईन पत्रकारिता तालिम समय साम्दर्भिक भएकाले सबैलाई यो तालिमबाट थप उर्जा मिल्नेमा जोड दिनु भयो ।
तालिम आज चैत्र ५ गते बुधबार बाट चैत्र ९ गतेसम्म संचालन हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*