
काठमाडौं/ बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको ठमेलमा बस्दै आएका भारत गोरखपुर घर भएका २२ वर्षीय दिलसाद आलम रहेको प्रहरीले जनाएको छ ।
आलमले शुक्रबार बिहान साढे २ बजेको समयमा काठमाडौं महानगरपालिका वडा नम्बर २६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।


सेयर गर्नुहोस्