नारायणी संघको बार्षिक साधारण सभा शनिवार हेटौंडामा सम्पन्न

टुडे संवादाता
७ चैत्र २०७७, शनिबार १३:४९

हेटौंडा/नारायणी यातायात व्यवसायी संघको रुपान्तरीत कम्पनी पुरानो नारायणी यातायात व्यवसायी कम्पनीको दोस्रो र नारायणी संघ हेटौंडाको तेस्रो बार्षिक साधारण सभा शनिवार (आज) हेटौंडामा सम्पन्न भएको छ ।

कम्पनी तथा संघका अध्यक्ष हिरालाल श्रेष्ठको सभाध्यक्षमा भएको साधारणसभामा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बानियाँले कम्युनिष्ट सरकारले यातायात व्यवसायीको मर्का नबुझेको बताएका छन् । नेपाली कांग्रेसको सरकार बनेको खण्डमा वर्षैपच्छिे तिरिनुपर्ने राजस्व पाँच-पाँच वर्षमा तिर्नुपर्ने प्रावधानको व्यवस्था गरि व्यवसायीलाई सहज पु¥याइने बताए ।

सबै उद्योगको माल बोक्ने भएकाले देशको ठुलो उद्योय व्यवसाय नै यातायात क्षेत्र रहेको भन्दै हेटौंडा प्रदेश सरकारको निर्देशनमा बन्द गरिएको तौलपुल सञ्चालनमा आवश्यक समन्वय गरिने उहाँले बताउनुभयो ।

सभामा बागमती प्रदेश सदस्य मुनु सिग्देल,प्रेम बहादुर पुलामि,ओम ग्लान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल,जिसस उपप्रमुख भगवती पुडासैनी, थाहानगर प्रमुख लबसेर बिष्ट, हेटौंडा उपमहानगरपालिकाकी उप(प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए।

सभामा संघ तथा कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठले अध्यक्षको प्रतिवेदन र संघका संचालक सरोजकुमार खनालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्ट,बागमती प्रदेश यातायात व्यवस्था कार्यालय हेटौंडाका प्रमुख भक्त बहादुर भण्डारी,मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल,मकवानपुर ट्राफिक प्रहरी निरीक्षक प्रकाश पाण्डे, संघका पुर्व अध्यक्ष तथा यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*