बारामा टिपरको ठक्करबाट ७ वर्षीय बालिकाको मृत्यु

टुडे संवादाता
९ चैत्र २०७७, सोमबार १६:२१

बारा/गएराति बारा जिल्लामा भएको टिपरको ठक्करबाट ७ वर्षीय बालिकाको मृत्यु भएको छ । मृत्यू हुनेमा बिजयपुर–८ का अजय यादवको ७ वर्षिय छोरी आकृति यादव रहेकी छिन् ।
मोटरसाईकलमा सवार बाबूछोरीलाई टिप्परले ठक्कर दिँदा आकृतिकोे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार साँझ सवासात बजेतिर टिपरले बाइकलाई ठक्कर दिएको हो । टिपरसहित चालक बुद्दबहादुर लामालाई नियन्त्रणमा लिएको मिश्रले बताए ।

घटनालगत्तै अस्पताल पु¥याएका यादवको अवस्था चिन्ताजनक रहेको र चालक लामालाई भने चोटपटक नलागेको बताइएको छ ।

घाइते यादवलाई थप उपचारका लागि काठमाडौंस्थित बि।एन।बि अस्पताल पठाइएको प्रहरी नायव उपरीक्ष मिश्रले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*