ग्रामिण जीवनस्तर सुधार मञ्चद्वारा आयोजित ७ दिने मखमलको जुत्ता बनाउने तालिम सोमवार समापन

टुडे संवादाता
९ चैत्र २०७७, सोमबार १९:३९

हेटौँडा /ग्रामिण जीवनस्तर सुधार मञ्च द्वारा आयोजित ७ दिने मखमलको जुत्ता बनाउने तालिम सोमवार (आज) समापन भएको छ । गत चैत्र ०२ गते उद्धघाटन भएको तालिमको आज समापन भएको हो ।

समापन समारोहमा ग्रामिण जीवनस्तर सुधार मञ्च द्वारा संचालित हाम्रो घर बाल गृहकी अध्यक्ष ईन्दिरा न्यौपाने सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारी को रहेको थियो ।

तालिम हेटौंडा ९ मा रहेको सम्बेदनशील टोलमा दिईएको संस्थाकी अध्यक्ष ईन्दीरा न्यौपानेले बताउनुभयो । महिलाहरुलाई सिप मूलक तालिम प्रदान गरेर रोजगार दिने मूल उदे्श्यका साथ सञ्चालन गरिएको ७ दिने तालिममा हेटौंडा ९ का ११ जना महिलाहरुको सहभागिता रहेको थियो भने प्र्रशिक्षण रुबिना बानियाँले दिएका थिए ।

सिप सिकेर बसेका महिलाहरुलाई र ९ नम्बरका अन्य महिलाहरुलाई पनि समावेश गरी रोजगारीको लागि आगामी दिनमा आफूले पूर्ण रुपमा सहयोग गर्ने प्रमुख अतिथी भण्डारीले प्रतिबद्घता गर्नुभएको छ ।

कार्यक्रममा टिका कुमारी पराजुली ,आरती श्रेष्ठ वैद्य लगायतले मन्तब्य ब्यक्त गरेका थिए । यस अघि पनि संस्थाले कपडाको प्याड बनाउने तालिम दिएको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*