मकवानपुर प्रशासनद्वारा सार्वजनिक कार्यक्रम नगर्न अपिल

टुडे संवादाता
९ चैत्र २०७७, सोमबार २२:३१

हेटौंडा । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले फेरि सार्वजनिक कार्यक्रममा रोक लगाएको छ ।

लकडाउन हटेको लामो समयपछि जिल्ला प्रशासनले सोमवार एक सूचना निकाल्दै छिमेकी देशमा कोरोना संक्रमण बढेको र नेपालमा समेत यसको जोखिम बढ्न सक्ने भएको भन्दै सार्वजनिक कार्यक्रममा रोक लगाएको हो ।

प्रशासनका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी देवचन्द्र गर्तौलाद्वारा जारी सूचनामा सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने काम नगर्न आग्रह गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*