हेटौंडा/भोलि चैत्र ११ गतेदेखि भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकखण्ड संचालनमा आउने भएको छ । गत माघ १० गतेदेखि बन्द रहेको सडकखण्ड भोलीबाट पुनः संचालनमा आउने भएको हो ।
उक्त सडको स्तोरन्नती र कालोपत्रे गर्न बन्द गरिएको उक्त सडकखण्डमा दुई महिनापछि भोलि बिहानदेखि यातायात पुनः संचालनमा आउने भएको बागमती प्रदेश, यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।
सडक स्तरोन्नतीको लागि बागमती प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले यसै चालु आर्थिक वर्षभित्र बजेट विनियोजित गरेनुसार सडकको निर्माण कार्य गरिएको यातायात निर्देशनालयका निर्देशक डा । सहदेव भण्डारीले जानकारी दिए ।
उनका अनुसार, भीमफेदीदेखि देउराली भञ्ज्याङ्सम्मको ८ किलोमिटर सडकमा रु १८ करोड तथा देउरालीदेखि कुलेखानीको हेबीचौरसम्मको साढे ७ किलोमिटर सडकमा रु १६ करोड गरी ३४ करोडको बजेटमा सडक निर्माण गरिएको हो ।
त्यस्तै, भीमफेदीदेखि कुलेखानीको हेबीचौरसम्म साढे १५ किलोमिटर सडकमा अहिले कालोपत्र गर्ने कार्य भइरहेको र आगामी जेठ मसान्तभित्रै कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई निदेशन दिई कार्यान्वयन गराइएको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।
यसैगरी, मदनभण्डारी राजमार्ग अन्तरगत पर्ने सिस्नेरीदेखि काठमाडौंको दक्षिणकालीका जोड्ने सडकको पनि स्तरोन्नती गनेए कार्य अहिले धमाधम भइरहेको निर्देशक डा.भण्डारीले बताए ।














