हेटौंडा/आउँदो चैत्र २१,२२ र २३ गते हुने भनिएको मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचन कार्यक्रम स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयबाट आईतवार जारी गरेको विज्ञप्ति र सोमवार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी सुचनाको परिपालना गर्दै सम्पूर्ण कार्यक्रम स्थगित भएको हो ।
मंगलबार (आज)बसेको संघको कार्यसमिति बैठकको निर्णयानुसार वार्षिक सभा तथा निर्वाचन कार्यक्रम स्थगित गरिएको संघका अध्यक्ष कृष्ण कटुवालले बताए । संघले परिस्थिति अनुकुल भएपश्चात उपयुक्त समयमा वार्षिक सभा तथा निर्वाचन सम्पन्न गर्ने जनाएको छ ।
कोभिडको नया“ संक्रमण थप प्रभावशिल र जोखिमपूर्ण हुने हुनाले संघले उद्योगी/व्यवसायी तथा आम सर्वसाधारण सचेत हुन र सुरक्षा सावधानीको सम्पूर्ण मापदण्डहरु परिपालना गर्न अनुरोध गरेको छ ।
सेयर गर्नुहोस्