हेटौंडा /मकवानपुर प्रहरीले अवैध लागूऔषध अनरेक्स सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ३६ वर्षिय शिशिर राज जोशी र हेटौंडा ८ का २५ वर्षिय सुसान्त नेपाली रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
बुधवार (हिजो) जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटौंडा १५ स्थित पिपल चौतारी स्थित सडक खण्डमा पथलैया बाट हेटौडा तर्फ आउँदै गरेको ना १६ प ८३२७ नंम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलको सिटमुनी लुकाई छिपाई ल्याएको लागुऔषध अनरेक्स १२ बोटल फेला परेको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
उक्त फेला परेको लागुऔषध सहित २ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्