
हेटौंडा/जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस बर्ष पनि होली घरमै मनाउन आग्रह गरेको छ ।
प्रशासनले बिहीबार आज एक विज्ञप्ति जारी गदैं छिमेकी देश भारत र नेपालमा पनि कोरोनाको दोस्रो लहर देखिएकोले कोरोना बढ्नसक्ने भन्दै यस बर्ष पनि होली घरमै मनाउन जिल्लाबासीलाई आग्रह गरेका हुन।
साथै विज्ञप्तिमा भिडभाड नगर्न,मेला,महोत्सव जस्ता कार्य गर्न नगराउन अनुरोध गरिएको छ ।


सेयर गर्नुहोस्