धुवौ धुवाँ बन्यो हेटौंडा ,सावधानी अपनाउन चिकित्सकको आग्रह

टुडे संवादाता
१३ चैत्र २०७७, शुक्रबार १६:०८

हेटौंडा/  पछिल्लो केहि दिन यता हेटौंडा बजार लगायत आसपासका क्षेत्रको जङ्गलमा लागेको आगलागी (डडेलो)ले गर्दा वायुको गुणस्तर खस्केको पाइएको छ ।  हेटौंडा सहित विभिन्न स्थानीय तहहरुमा निरन्तर वनजंगल आगलागी भईरहेको छ । यतिबेला हेटौंडा बजार क्षेत्र धूवाँमा रुमलिएको छ ।  अहिले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित थानाभ¥याङमा अहिले पनि वनजंगलमा आगलागी भईरहेको छ ।

त्यस्तै त्यस्तै हेटौंडाको भैरवडाँडामा लागेको डडेलो हिजो मात्र नियन्त्रण भएको छ भने, उता हेटौंडा नजिक मकवानपुरगढीको विभिन्न स्थानहरुमा अगलागी भईरहेको छ ।  भैरवडाँडामा लागेको डडेलोले खानेपानीको पाईप, ट्याङ्की जलेर नष्ट भएको छ । स्थानिय नवराज तिमल्सिनाका अनुसार करीब २० घर धुरीले पिउँदै आईरहेका खानेपानी डडेलोका कारण ३ दिन देखी पिउने पानीबाट बञ्चित भएको उहाँ बताउनुहुन्छ ।

बर्षैसाल राज्यले डडेलो नियन्त्रणका लागि भनेर बजेट बिनियोजन गरीरहँदा पनि डडेलो लाग्ने समयमा भने सरोकारवाला निकाय कानमा तेल हालेर बसीरहेको अवस्था छ । डिभिजन वन कार्यालय हेटौंडाको कार्यालय नजिक रहेको वनजंगल आगलागि हुँदा सम्बन्धीत निकायहरु मौन रहेका छन् ।

बजार क्षेत्रबाट नजिककै वनजंगल आगलागि हुँदा बजार क्षेत्र धुँवाले रुमालिएको र बजार क्षेत्रका सर्वसाधरणको आँखा पोल्ने,सास फेर्न समस्या देखिएको हेटौंडा ४ बस्ने रोहित स्याङ्तानले बताए । उनले समयमै डढेलोलाई नियन्त्रणमा लिनुपर्ने बताए । समयमै नियन्त्रणमा नलिन हो भने यसले वनजंगल नजिक रहेको वस्तिहरु सिध्याउँछ ।’ उनले भने ।  समस्याको साधान गरी स्वच्छ वातावरण र्सिजना गरीदिन सम्बधीत निकायलाई आग्रह समेत गरेका छन् ।

धुवै धुवाँले ढाकेको हेटौंडा बजार

प्रदूषण बढ्यो

वातावरण विभागका अनुसार यसो हुनुमा प्रदूषण बढ्नु हो ।वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार मंगलबार हेटौंडाको एक्वुआई  २५० पुगेको थियो ।

वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ। एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानुचाहिँ घातक हो।

हेटौंडाको वायु निकै नै प्रदुषण र खतरा युक्त भएकाले अनावस्यक घरबाट बाहिर ननिस्कन चिकित्सकले आग्रह गरेका छन् ।  वायु खतरा पूर्ण रहेको अवस्थामा ‘वृद्धवृद्धा र बालबालिका बढी जोखिममा रहने भएकाले घरभित्रै बस्न डाक्टर शिवराम न्यौपानेको सुझाव छ । उनका अनुसार धुवाँले आँखै पोल्न थाल्नु भनेको त अझै खतरापूर्ण मानिन्छ ।

यसले आँखामा र स्वास प्रस्वासमा समस्या निम्याउन सक्ने डाक्टर न्यौपानेले बताए । उनले घर बाहिर निस्कनु परे मास्क र चस्माको अनिवार्य प्रयोग गर्न आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*