साधारण सभा तथा निर्वाचन सम्पन्न गर्न संघलाई प्रशासनको पत्राचार

हेटौंडा टुडे
१३ चैत्र २०७७, शुक्रबार १७:५८

हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको साधरणसभा तथा निर्वाचन कार्यक्रम संञ्चालन गर्न लागि जिल्ला प्रशासन कार्यलय मकवानपुरले संघलाई पत्रचार गरेको छ ।

आज शुक्रबार जिल्ला प्रशासन कार्यलयले मकवानपुर उद्योग वाणिज्य संघलाई पत्रचार गर्दै कोभिड–१९ फैलन नदिन पालना गर्नुपर्ने स्वास्थ्यको मापदण्ड पालना गरि संस्था दर्ता ऐन २०३४ र मकवानपुर उद्योग वाणिज्य संघको विधानको पालना गरी साधरणसभा सम्पन्न गर्न अनुरोध गरेको छ ।

संघको साधारण सभा तथा निर्वाचन कार्यक्रम आगामी चैत्र २१,२२ र २३ गते हुने भनिएको थियो तर मकवानपुर उद्योग वाणिज्य संघको बर्तमान कार्यसमितिले  गत चैत्र १० गते निर्वाचन कार्यक्रम स्थागन गरेको थियो । निर्वाचन कार्यक्रमहरु नियमित सञ्चालन भैरहेको अवस्थामा संघले कोभिड–१९ को कारण देखाई अनिश्चितकालको लागि निर्वाचन स्थगित गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*