वन डडेलो : वायु प्रदुषण ,स्वास्थ संगै शिक्षामा असर

टुडे संवादाता
१६ चैत्र २०७७, सोमबार १८:४७

हेटौंडा /पछिल्लो दश दिन देखी देशका बिभिन्न स्थनका बन जंगलमा भएको आगलागीका कारण देशका बिभिन्न स्थानमा बाताबरण प्रदुषित बनेको छ ।
चैत्र र बैशाख महिना डडेलोको लागी उर्वर मानिन्छ देशका विभिन्न स्थानमा रहेका जंगलमा शृखलाबद्ध रुपमा आगलागी भैरहेका छन् । अधिकासं भिरालो क्षेत्रमा आगलागी भएका कारण पुर्ण रुपमा आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीबाट निष्किएको धुवाँको कारण देशभरको मौसम नै प्रदुषित बनेको छ ।जसका कारण मानव स्वास्थमा प्रत्यक्ष रुपमा असर परेको छ । वातावरणमा अत्याधिक प्रदुषण फैलिएपछि स्वास्थ मा त असर गर्ने नै भयो यसले शिक्षमा समेत असर पारेको छ ।

विगत एक हप्ता देखी वायुमण्डलमा देखिएको प्रदुषणका कारण सोमबार बसेको शिक्षा मन्त्रालयको आकष्मिक बैठकले मंगलबारदेखी ४ दिनका लागी देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । केही दिनदेखि देखिएको वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

चैत्र ,बैशाखमा बर्षेनी आगलागी हुने शृङखला रोकिएको छैन तर सम्बन्धित निकायले आगलागी रोकथामका लागी प्रभावकारी काम गर्न सकेको देखिदैन ।

यता मकवानपुरका बन जंगलमा डडेलो लाग्ने क्रम नरोकिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले वन जंगलमा भएको आगलागी नियन्त्रण गर्न समुदायको महत्वपुर्ण भुमिका हुने भन्दै डडेलो नियन्त्रणमा सबैलाई सहयोग गर्न सुचना जारी गरेको छ ।
साथै प्रशासनले आगलागी हुने बित्तिकै वन कार्यालय र सुरक्षा निकायलाई खबर गर्न समेत आग्रह गरेको छ । आगलागी नियन्त्रण गर्न समुदायका सबै मानिस जिम्मेवार बन्नुपर्छ भने सम्बन्धित निकायले समेत निरिक्षण र सुपरिवेक्षण गर्न आवश्यक देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*