
हेटौंडा/पूर्वी मकवानपुरमा पर्ने बकैया गाउँपालिकामा मृत अवस्थामा एक वृद्धको शव फेला परेको छ ।
बकैया गाउँपालिका वडा नम्बर -२ डण्डीखर्क स्थित बेपरदोभान खोलामा मृत अवस्थामा अन्दाजी ६०/६५ वर्षीया पुरुषको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार वृद्धको शव खोलाको किनारमा फेला परेको हो ।
स्थानीयले उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको हाल सम्म शनाखत हुन सकेको छैन् ।
ईलाका प्रहरी कार्यालय फापरवारीबाट प्रहरी टोली घटनास्थल पुगेको र शवको मुचुल्का उठाउने काम भइरहेको जनाइएको छ।


सेयर गर्नुहोस्