हेटौंडा/मकवानपुर प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का ३० वर्षीय सुमन पाख्रिन र रौतहट का २९ वर्षीय विनय गिरी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
जिल्ला अदालत मकवानपुरको गत फागुन ११ गतेको फैसलाले रहजनी चोरी मुद्दामा ३ महिना, १५ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी पाख्रिनलाई सोमवार हिजो पक्राउ गरीएको हो ।
पाख्रिनलाई हेटौंडा १९ बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई कैद भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।
त्यस्तै अर्का फरार प्रतिवादी विनय गिरी जिल्ला अदालत मकवानपुरको फैसला अनुसार लागुऔषध गाँजा मुद्दामा फरार प्रतीवादी रहेका छन् ।
गिरी एक लाख रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी हुन् ।
प्रहरीले गिरीलाई गत चैत्र १२ गते पक्राउ जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई जरिवाना भुक्तानको लागि सम्मानित जिल्ला अदालतमा पठाईएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल चोरी गर्ने पक्राउ
त्यस्तै मकवानपुर प्रहरीले मोटरसाईकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा १६ का ३५ वर्षीय रबि नगरकोटी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मोटरसाईकल खोजतलास गर्ने क्रममा हेटौंडा १६ मा चेकजाँचको क्रममा ना ३७ प ५१५१ नम्बरको मोटरसाईकल सहित नगरकोटीलाई पक्राउ गरी मुद्धा दर्ता गराई अनुसन्धान कार्य भईरहेका गरेको प्रहरीले जनाएको छ ।
मोटरसाईकल गत फागुन १५ गते हेटौंडा २ मा घर अगाडी पार्किङ गरी राखेको स्थानबाट हराएको थियो ।

















