
हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १६ को शक्तिखोलामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय मकवानपुर अनुसार अन्दाजी ४० वर्षको पुरुषको शव खोलामा घोप्टो परेको अवस्थामा फेला परेको र घटनास्थलमा प्रहरी पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ ।
स्थानीयले आज मंगलबार दिउँसो उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार शवको पहिचान खुलेको छैन ।प्रहरी घटना स्थल पुगिसकेको र आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरिक्षक अविनाश अधिकारीले जानकारी दिए ।

सेयर गर्नुहोस्