प्रथम मिसेज तामाङ प्रतियोगिता आगामी चैत्र २५ गतेबाट हुने

टुडे संवादाता
२०७७ चैत्र १७, मंगलवार १७:०३ गते

हेटौंडा/मकवानपुरको हेटौंडामा प्रथम मिसेज तामाङ प्रतियोगिता हुने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै ओपेरा इन्फोटेन्मेन्ट क्रियश्चन प्रालिका संचालक बिक्रम लुङ्बाले प्रथम मिसेज तामाङ प्रतियोगिता संचालन गर्न लागिएको जानकारी दिए ।

तामाङ समुदायका महिलाहरुको ब्यक्तित्व बिकास गर्नका लागि प्रतियोगिाको आयोजना गर्न लागिएको संञ्चालक लुङ्बाले बताए । चैत्र २५ गते देखी प्रतियोगिाको ट्रेनिगं सुरु गरीने र प्रतियोगिताको फाईनल बैशाखको तेस्रो हप्ता हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि बिजेताले नगद एक लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा २० वर्ष पुरा भई ४० वर्ष ननाघेका तामाङ समुदायका महिलाहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रवेश शुल्क १५ हजार रुपौँया तोकिएको बिक्रम लुङ्बाले जानकारी दिए । प्रतियोगितामा २० जनाले सहभागिता जनाउने अनुमान गरीएको छ भने प्रतियोगिमा जम्मा ५ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*