सरकारद्वारा देशभरका शैक्षिक संस्था बन्द,प्याब्सन मकवानपुरले विद्यालय संञ्चालन गर्ने

टुडे संवादाता
१७ चैत्र २०७७, मंगलवार १७:२४

हेटौंडा /विगत एक हप्ता देखी वायुमण्डलमा देखिएको प्रदुषणका कारण सोमबार बसेको शिक्षा मन्त्रालयको आकष्मिक बैठकले मंगलबारदेखी ४ दिनका लागी देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयको निर्णय अनुसार मंगलबार देखी मकवानपुरका सम्पुर्ण विद्यालय बन्द गरीयो । केही दिनदेखि देखिएको वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

मकवानपुरमा समेत आगलागी र डडेलोका कारण बायुमण्डलमा तुवालो लागेपछि मकवानपुरबासीमा समेत आखाँ पोल्ने र स्वासप्रस्वासमा समस्या देखिएको थियो । तर दुई दिन यता मकवानपुरको मौसममा केही सुधार भएको छ । मंगलबार मकवानपुरको निजि तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सन मकवानपुरले बुधबार बाट जिल्लाका सम्पुर्ण निजि तथा आवासिय विद्यालयमा पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ ।

बुधबार शिक्षा बिकास महाशाखा तथा हेटौंडा उपमहानगरपालिकाका सरोकारवालाहरु संगको छलफलले हेटौंडाको बताबरणमा सुधार आएको भन्दै बुधबारबाट उपमहानगरपालिका भित्रका निजि तथा संस्थागत विद्यालय संञ्चालन गर्न सम्पुर्ण विद्यालयका प्रधानाध्यापकलाई अनुरोध गरी पत्राचार गरीएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*