मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको सचेतना कार्यक्रम हेटौंडामा सम्पन्न

टुडे संवादाता
१८ चैत्र २०७७, बुधबार १५:०७

हेटौंडा/मकवानपुरमा पछिल्लो एक बर्षमा मानव बेचबिखनमा परेका २० जनाको उद्धार गरिएको छ । बुधबार हेटौंडामा मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको सचेतना कार्यक्रमको आयोजना गर्दै साना हात नेपाल मकवानपुरले पछिल्लो एक बर्षमा मकवानपुरमा मानव बेचबिखनमा परेका २० जनाको उद्धार गरेको तथ्यांक प्रस्तुत गरेको छ ।

गएको बैशाख देखि चैत्र १८ गते सम्म बेचबिखनमा परेका ६ जना महिला ,एक जना पुरुष र १३ जना किशोरीको उद्धार गरिएको साना हात नेपाल मकवानपुरका अध्यक्ष सुर्य प्रकाश राईले बताए ।

साना हात नेपाल मकवानपुरले गएको बैशाख देखि चैत्र १८ गते सम्म ५७ जना महिला ,४२ जना पुरुष र ५१ जना किशोरी लाई मानव बेचबिखन विरुद्ध परामर्श प्रदान गरेको छ ।

यस्तै ६ सय ४२ जना महिला ,३ सय २३ जना पुरुष र ९ सय २ जना किशोरीलाई सोधपुछ गरेको छ । भने १ हजार १ सय ७ जना महिला , ६ सय ७३ जना पुरुष र ८ सय ९६ जना किशोरीलाई जनचेतना प्रदान गरेको साना हात नेपाल मकवानपुरको तथ्यांक छ ।

साना हात नेपाल मकवानपुरले एक बर्षको अवधीमा वैदेशिक रोजगारीमा फसेका ३ जना महिलाको उद्धार समेत गरेको छ । यस्तै साना हात नेपाल माकवानपुरले सुरक्षित वैदेशिक रोजगारीका लागि १ हजार ८९ जना महिला र १ हजार २ सय ७८ जना पुरुषलाई परामर्श प्रदान गरेको संस्थाका अध्यक्ष राईले जानकारी दिए ।

साना हात नेपाल मकवानपुरले मकवानपुरमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध विभिन्न कार्यक्रम र सुरक्षित वैदेशिक रोजगारीका लागि परामर्श प्रदान गर्ने कार्यक्रम संचालन गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*