बकैया २ मा भेटिएको शवको सनाखत हुन नसकेपछि…

टुडे संवादाता
१८ चैत्र २०७७, बुधबार १५:४५

हेटौंडा /गत सोमवार मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर २ मा भेटिएको बृद्ध शवको सनाखत हुन नसकेपछि मकवानपुर प्रहरीले तस्विर सार्वजनिक गरेको छ ।

उक्त शव अन्दाजी ६५/७० बर्षको वर्ण गहुँ गोरो, उचाई ५ फिट ४ ईन्च , पातलो शरिर, मंगोलियन वर्ण, अनुहार लाम्चो, छोटो कालो कपाल, कालो रंगको ज्याकेट सो भित्र निलो रातो रंगको ट्याक लगाएको र गुलाबी रंगको सुरुवाल लगाएको, निलो रंगको सल, कालो रातो र हरियो रंगको सल कम्बरमा बाधेको पातलो शरिर रहेको शवको हाल सम्म पनि सनाखत हुन सकेको छैन् ।

प्रहरीले प्ररम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शवलाई हाल हेटौडा अस्पतालको शव गृहमा ल्याई राखिएको छ ।

मृतकलाई चिन्नुहुने जो कोहिले नजिकैको प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको फोन नम्बर ९८५५०९०१५० मा सम्पर्क गरी जानकारी गराउनहुन प्रहरीले अनुरोध गरेको छ ।

शव सोमवार साँझ बकैया २ को कल्याण सामुदायिक वनमा फेला परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*