
हेटौंडा /जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध नाईट्रोभेट ६० ट्याब्लेट सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ बस्ने १८ वर्षीय सुशिल बर्तौला र मोरङको बिराटनगर महानगरपालिका वडा नंबर ४ बस्ने २१ वर्षीय रविन कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
मंगलबार दिउँसो प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ तिनताप्केस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट लागूऔषध नाईट्राभेट ६० ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई प्रहरी चौकी लेवट मकवानपुरबाट खटिएको गस्ती टोलिले उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान तथा कारबाही भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।


सेयर गर्नुहोस्