सहकारी संस्थालाई प्रविधिमैत्री बनाउन गढीमा ३ दिने तालिम सुरु

टुडे संवादाता
१८ चैत्र २०७७, बुधबार १६:३२

हेटौंडा/सहकारी संस्थालाई प्रविधिमैत्री बनाउन मकवानपुरगढी गाँउपालिकामा बुधबार (आज)बाट सहकारी संस्थाका ब्यबस्थापकहरुलाई ३ दिने तालिम सुरु भएको छ ।

गाँउपालिकामा बुधबारबाट गाँउपालिकाभित्र रहेका ३५ वटा सहकारी संस्थाका ब्यबस्थापकहरुलाई ३ दिने तालिमको सुरु गरीएको गाँउपालिकाका सहकारी शाखा प्रुमुख राम प्रसाद दहालले जानकारी दिए ।

सहकारी संस्थालाई प्रविधिमैत्री बनाउनका लागी कोपो मिस सफ्टवेयर सम्बन्धि तालिम दिन लागिएको हो । सहभागीहरुले कम्प्युटर कसरी चलाउने भन्ने जानकारी , दोहोरो सदस्य परेको जानकारी प्राप्त गर्ने , सहकारी सदस्यहरु विवरण प्रस्ट रुपमा हेर्ने सक्नेछन् ।

बुधबार जिल्ला बचत सहकारी संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठ , बिहिबार गाँउपालिकाका सुचना अधिकृत सुरज पौडेल र शुक्रबार अन्तिम दिन सहकारी विभागका लक्ष्मण राईले प्रशिक्षण दिने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*