
हेटौंडा/देशका अधिकाश स्थानमा भएको बन जंगल आगलागीका कारण वायुमण्डलमा तुवाँलो लागेपछी सरकारले विद्यार्थीको स्वास्थमा असर पुग्ने भन्दै सोमबार शिक्षा मन्त्रालयले ४ दिनकालागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गर्यो । तर बुधबार बाट हेटौंडाका निजि तथा आवासिय विद्यालय संचालनमा आए ।
निजि विद्यालयमात्र नभई हेटौंडा ४ मा रहेको आधुनिक राष्ट्रिय माबि समेत संचालनमा आयो । हेटौंडाको वातावरण मापन सुचकले भने वातावरण अझै स्वस्छ नभएको देखाएको छ ।
वातावरण स्वच्छ नभएता पनि सामुदायिक विद्यालयले नै सरकारको आदेशको बेवास्ता गर्दे विद्यालयमा पठनपाठन सुरु गर्यो । बुधबार बाट नियमित रुपमा हेटौंडाका निजि तथा आवासीय विद्यालयमा नियमित पठन पाठन सुचारु भयो ।
हेटौंडामा पछिल्लो दुई दिनमा मौसममा सुधार भएको र विद्यार्थीहरु विद्यालय आउन सक्ने भन्दै विद्यालय संचालन गरिएको निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन मकवानपुरका कार्यवाहक अध्यक्ष बिनोद सुबेदिले बताए ।
उपमहानगरको शिक्षा बिकास माहाशाखा तथा सरोकारवाला निकायसंग छलफल गरेर विद्यालय खोल्ने निर्णय गरिएको प्याब्सन मकवानपुरका कार्यवाहक अध्यक्ष सुबेदिको दाबी छ ।
यता उपमहानगरको शिक्षा बिकास माहाशाखा प्रमुख गंगाधर रिमालले आफुहरु संग विद्यालय खोल्ने कुनै सहमति नभएको बताएका छन ।यसो त मकवानपुरका निजि विद्यालय मात्र नभई सामुदायिक विद्यालय समेत संचालनमा आएका छन । हेटौंडा ४ मा रहेको आधुनिक राष्ट्रिय माबीमा बुधबारबाट पठनपाठन सुरु गरियो ।
हेटौंडामा मौसम सुधार भैसकेको भन्द नगरप्रमुख संग मौखिक अनुमति लिएर पठनपाठन सुरु गरिएको विद्यालयका प्रधानाध्यापक वीरबंश बैठाले बताए ।यता हेटौंडा उपमहानगरपालिकाकी बातावरण ईन्जिनियर चन्दा खड्काले हेटौंडा उपमहमानगर क्षेत्रको बातावरण प्रदुषण अझै रेड जोनमा रहेको बताईन् ।
उनले पछिल्ला केही दिनको तुलनामा बातावरणमा सुधार भएपनि प्रदुषण रेड जोनमा यथावत् रहेको बताईन । बातावरण ईन्जिनियर खड्काका अनुसार हेटौंडामा विद्यालय संञ्चालन गर्ने अवस्था रहेको छैन ।
बातावरण प्रदुषणको जोखिम मुल्याङकल नै नगरी सरकारको मातहतमै रहेको शैक्षिक संस्थाले नै सरकारको निर्देशनको पालना नगरी आफुखसी विद्यालय संञ्चालन गर्ने होडबाजीले शैक्षिक क्षेत्रलाई गम्भिर असर गर्न सक्ने देखिन्छ ।

