
मकवानपुरगढी गाँउपालिकाले २५ जना कृषकलाई ५० ओटा बाख्रा वितरण गरेको छ । बिहिबार बिहान एक कार्यक्रमका बिच गाँउपलिकाले अतिबिपन्न कृषि तथा पशु समुहलाईं ५० ओटा बाख्रा वितरण गरेको हो ।
कृषकहरुलाई उक्त बाख्रा वितरण गर्दे वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेले आफ्नो वडामा कृषि तथा पशुपालन गर्न चाहाने कृषकहरुका लागी सहयोग गर्ने बताउनुभयो । उहाँले परम्परागत पशुपालन भन्दा ब्यबसायीक पशुपालनमा सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले बितरण गरीएका बाख्राहरुबाट पाठा उत्पादन गर्न बयर जातको बोका समेत उपलब्ध गराउने बताउनुभयो ।कृषि र पशुपालनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै वडा अध्यक्ष घिमिरेले कृषि तथा पशुपालनलाई ब्यबसायीक बनाउनुपर्नेमा जोड दिनुभयो ।
बाख्रापालनलाई बिस्तार गर्न खेतबारीमा घाँस रोप्ने ,मकै उत्पादन गर्नुपर्ने वडा अध्यक्ष घिमिरेको भनाई छ । विभिन्न किसिमका तालिम लिएर पनि त्यसको उपयोग गर्न नसक्दा स्थानिय जनशक्ति खेर गैरहेको उहाँले बताउनुभयो । कार्यक्रममा देबीडाडाँ टोलबिकास संस्थाका अध्यक्ष प्रेम प्रसाद दहालले आर्थिक आर्जन र जिविकोपार्जन सम्बन्धि कार्यक्रम अन्र्तगत विपन्न परिवारलाई लक्षित गरी बाख्रा वितरण गरीएको बताउनुभयो ।
गाँउपालिकाको तिन लाख रुपैँया र अतिबिपन्न कृषि तथा पशु समुहको तिन लाख रुपैया गरी जम्मा ६ लाख रुपैँयाको लागतमा प्रति परिवार २ ओटाका दरले २५ परिवारलाई ५० ओटा बाख्रा वितरण गरीएको हो । वितरण गरीएको बाख्राहरुको बिमा समेत गरीएको छ । कार्यक्रममा गाँउपालिकाका पशु प्राविधिक उत्तम अधिकारी , देबीडाडाँ टोलबिकास संस्थाका सचिव बिक्रम गोले , कोषध्यक्ष कबिता न्यौपाने लगाएतकाको उपस्थिति थियो ।

