मउवा संघको निर्वाचन कार्यक्रम आगामी बैशाख १८ गते हुने

टुडे संवादाता
१९ चैत्र २०७७, बिहीबार १७:४१

हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम बैशाख १८ गते हुने भएको छ । बिहिबार दिउँसो बसेको कार्यसमितिको बैठकले संघको ५४ औं वार्षिक साधारण सभा बैशाख १५ गते र निर्वाचन बैशाख १८ गते सम्पन्न गर्ने निर्णय गरेको संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।

यस अघि चैत्र २१ गतेदेखि २३ गतेसम्म वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम कोभिडको कारण देखाउदै स्थगित गरेको थियो । साधारणसभा तथा निर्वाचन कार्यक्रम स्थगित गरेको भन्दै अध्यक्षका उम्मेद्धवार राजकुमार न्यौपाने र महेन्द्र राउत सहितको प्यानलले विरोध जनाएका थिए । यता जिल्ला प्रशासान कार्यालय मकवानपुरले समेत ।

साधारणसभा तथा निर्वाचन कार्यक्रम सम्पन्न गर्न पत्राचार गरेको थियो । आज बिहिबार बसेको संघको कार्यसमितिको बैठकले साधारणसभा तथा निर्वाचन कार्यक्रमको मिति तय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*