मकवानपुरको थाहानगरमा शालनालसहित एक नवजात शिशुको शव फेला

हेटौडा टुडे
१९ चैत्र २०७७, बिहीबार १८:३४

हेटौंडा/मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहानगरमा एक नव जात शिशुको शव फेला परेको छ ।

बिहिबार बिहान थाहा नगरपालिका वडा नम्बर ६ स्थित सरस्वती बजार नजिकै नासलथान खोलाको बगरको छेउमा शालनालसहित एक नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार टाउकोपट्टिको भागमा टोकेको अवस्थामा नवजात शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो ।

शिशुको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनास अधिकारी जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*