हेटौंडा / बारा जिल्ला स्थित कोल्हबी नगरपालिका वडा नम्बर ९ मा सार्वजनिक भवनको शिल्यान्यास गरिएको छ ।
बिहीवार एक कार्यक्रमका बिच नगरउपप्रमुख सुनैनादेबि थरुनीले उक्त भवनको शिलान्यास गर्नुभएको हो । नव निर्मित भवनको शिल्यान्यस गर्दै उपप्रमुख थरुनीले हाल सार्वजनिक भवनको रुपमा शिल्यान्यास गरीपनि भविष्यमा अस्थाई प्रहरी चौकी बनाईने बताउनुभएको छ ।
भवन निर्माणका लागी नेपाल राष्ट्रिय प्रावि मुसहर्नाले जग्गा उपलब्ध गराएको हो । भनव निर्माणका लागी १५ लाख रुपँैया लागतको अनुमान गरीएको छ । स्थानिय समाजसेवी दिपक ढुङ्गानाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष योगेश चौधरी ,वडा नम्बर १ का अध्यक्ष विरेन्द्र प्रसाद चौधरी लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।
सेयर गर्नुहोस्