नेपाल पत्रकार महासंघ बागमती प्रदेश निर्वाचन समितिले उम्मेदवारहरुको नामावली प्रकाशन

हेटौडा टुडे
१९ चैत्र २०७७, बिहीबार २०:४६

हेटौंडा/नेपाल पत्रकार महासंघ बागमती प्रदेश निर्वाचन समितिले उम्मेदवारहरुको नामावली प्रकाशन गरेको छ ।

बागमती प्रदेशमा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

मकवानपुरका गिरिजा प्रसाद अधिकारी, नुवाकोटका शिव देवकोटार चितवनका हरिप्रसाद पोखरेलले उम्मेदवारी दिएका हुन् ।

त्यसैगरी, उपाध्यक्ष पदमा नवराज छत्कुली, रुपेश दुलाल र हरिप्रसाद हुमागाईँले उम्मेदवारी दिएका हुन् । महिला उपाध्यक्षतर्फ नानीमैया कार्की (सम्झना) र संगीता आचार्यको उम्मेदवारी दर्ता भएको छ ।

महासचिव पदका लागि केशव अधिकारी र कृष्ण सारु मगरले उम्मेदवारी दिएका छन् भने सचिव पदमा दयाराम दाहाल र युवराज पुरीले उम्मेदवारी दिएका छन् ।

सचिव (समावेशीतर्फ) जीवन लामा र राजन वि.क, कोषाध्यक्षतर्फ रमेश ढुंगेल र रामचन्द्रू नेपालले उम्मेदवारी दर्ता गराएका छन् ।

खुल्ला सदस्यतर्फ कृष्णप्रसाद ढुंगाना, गोपी न्यौपाने, जीवन कुंवर, प्रकाश सिग्देल, प्रेमप्रसाद पौडेल, रामहरि गजुरेल, लक्ष्मण घिमिरे, स्यामप्रसाद खतिवडा, सन्तोष भुजेल, सुजन बिडारी र सुदिप शिवाकोटीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, सदस्य (महिलातर्फ) अञ्जु तामाङ, सविता न्यौपाने, सविता श्रेष्ठ, सम्झना हुमागाईँ, ज्ञानु श्रेष्ठ र सदस्य दलिततर्फ केशव नेपाली र प्रकाश सुन्दासले उम्मेदवारी दिएका छन् ।

सदस्य (अल्पसंख्यक) मा भने निराशी थामीको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन एकै दिन चैत २५ गते हुने गरी तय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*