अपडेट ट्याक्टर दुर्घटना: थप १ जनाको मृत्यु ,मृतकको संख्या ६ पुग्यो

टुडे संवादाता
३० चैत्र २०७७, सोमबार १०:२४

चितवन/आइतबार बेलुका चितवनको राप्ती नगरपालिकामा भएका ट्याक्टर दुर्घटनामा मृत्यु भएकाको संख्या ६ पुगेको छ ।

आज (सोमबार) बिहान घाइतेमध्ये थप १ जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय चितनवका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
उनका अनुसार पछिल्लो समय चितवनको राप्ती नगरपालिका-४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

यसअघि राप्ती नगरपालिकाकै वडा नम्बर ५ का ३५ वर्षीय खड्क लामा, सोही नगरपालिकाकै वडा नम्बर ४ का ४५ वर्षीय सीताराम श्रेष्ठ, चितवनकै खैरहनी नगरपालिका(९ का ४० वर्षीय गगन महतो, सोही नगरपालिकाकै वडा नम्बर ९ बैरहनीकी ५० वर्षकी छनिया महतो र नामथर वतन नखुलेका २४र२५ वर्षका पुरुषको मृत्यु भइसकेको छ।

दुर्घटनामा १९ जना घाइते भएका छन्, तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको डीएसपी थापाले जानकारी दिए।

उनका अनुसार रौतहटको दिपहीका १९ वर्षीय अरुण राम, दिबहीकै २७ वर्षीय विजय राम, बाराको कचौराहा गाउँपालिका-८ का २७ वर्षीय रामआधार राम, चितवनको राप्ती नगरपालिका-४ बस्ने वर्ष ३० का नीरबहादुर श्रेष्ठ, मकवानपुरको राक्सिराङ गापा-७ का २४ वर्षीय रमन चेपाङ, बाराको कोल्हबी नपा-५ का ३२ वर्षीय प्रभुकुमार राम र नामथररवतन खुल्न नसकेका २४/२५ वर्षका व्यक्तिको अवस्था गम्भीर छ।

मध्यम अवस्थाका घाइतेमा चितवन खैरहनी नपा-७, मझुहीका २६ वर्षीय ट्याक्टर चालक राजन चौधरी, रौतहटको मधुनारायण नपा-१ का २२ वर्षीय पप्पु महरा, चितवनको खैरहनी-९ का २५ वर्षीया मञ्जु चौधरी, सोही स्थान बस्ने २१ वर्षकी सरिता चौधरी, बाराको सिम्रनगढ नपा-५ का २१ वर्षीय अवधेश पासवान, सोही नपा वडा नम्बर ८ बस्ने वर्ष २३ का शिवजीकुमार राम, बाराको बुद्धगाउँ नपा-८ का २० वर्षीय विराज चौधरी, मकवानपुरको कान्द्राङ गापा-४ का २० वर्षीय रङलाल प्रजा, मकवानपुरकै सिलिङे गापा-६ का वर्ष २५ का दानिर प्रजा, रौतहटको दिपही-१ का वर्ष २४ का नागेश्वर चमार, मकवानपुरको राक्सिराङ गापा-२ वर्ष ४२ का अजय सिंजाली र रौतहट दिपही-२ का वर्ष १४ का नितेश राम छन्।

घाइतेहरूको अहिले चितवनकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार राप्ती नगरपालिका–११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। राप्ती नगरपालिकाकै ११ नम्बर वडा कार्यालय भवन ढलान गरेर ट्याक्टरमा भण्डारा फर्किंदै गरेका मजदुर दुर्घटनामा परेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*