
हेटौंडा/नेपाल पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित पदाधिकारीले सपथ तथा पदभार ग्रहण गरेका छन् ।
पत्रकार महासंघको आज भएको सपथ ग्रहण कार्यक्रममा पदभार ग्रहण गर्दै अध्यक्ष मणिराज गौतमले अग्रज पत्रकारको त्याज र निवर्तमान कार्य समितिको एजेन्डालाई अवलम्बन गर्दै काम गरिने बताए ।
उनले आफु सधै श्रमजीवी पत्रकार र पत्रकारिताको शिर उच्च पार्न आफ्नो कार्य समिति लागिपर्ने बताए ।
अध्यक्ष गौतम सहित,२५ गते भएको निर्वाचनमा विजयी बनेका कार्यसमितिका पदाधिकारी,केन्द्रीय र प्रदेश परिषद सदस्यले सपथ लिएका छन् । उनीहरुलाई निर्वाचन परिचालन संयोजन धुव्र प्रसाद चौलागाईले सपथ खुवाएका थिए।


सेयर गर्नुहोस्